Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – संविधान दिवस भव्यताका साथ मनाइएको छ। आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए।

त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए।

२०७२ असोज ३  गते संविधान जारी भएको थियो। त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस रुपमा मनाउने गरिएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने विदेशमा रहेकाले आजको समारोहमा उपस्थित छैनन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्। समारोहमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का उपस्थित छन्।

 

 

तपाईको प्रतिक्रिया