Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका तथा ग्याङ्गस्टर छोटा राजनका प्रमुख सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् । हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई चम्पावत जिल्लाको बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।

हल्दवनीका ५० वर्षीय दीपक सिसोदियाले जे डे हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका थिए । उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो भने महराष्ट्रको अमरावती जेलमा सजाय काटिरहेका थिए । प्रहरीका अनुसार फरार रहेका उनी नेपालको महेन्द्रनगरमा लुकेर बसिरहेका थिए । आफ्ना परिवारलाई भेट्न भारत आउँदा उनलाई पक्राउ गरिएको हो ।

एसटीफका एसएसपी आयुष अग्रवालका अनुसार गत जनवरीमा ४५ दिनको परोलमा उनी जेलबाहिर रहेका थिए । ‘उनी हल्दवनीमा घर आएका थिए । उनी मार्चमा फर्किनुपर्ने थियो । तर, सिसोदिया त्यहाँबाट भागेर नेपाल आएका थिए,’ अग्रवालले भने, ‘मुम्बई प्रहरीको आग्रहमा एसटीएफले उनलाई नियन्त्रणमा लिएको हो ।’

उनका अनुसार प्रहरीले सिसोदिया बनबासा सीमा हुँदै भारत आउने गोप्य सूचना पाएको थियो । त्यसैको आधारमा सीमामा निगरानी बढाइएको थियो । ‘बिहान ५ बजे उनी सवार कार भारतमा प्रवेश गर्ने बित्तिकै सिसोदियालाई पक्राउ गरियो,’ अग्रवालले भने, ‘सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई मुम्बई प्रहरीलाई हस्तान्तरण गरिने छ ।’ उनलाई नेपालमा सहयोग गर्नेहरूबारे अनुसन्धान भइरहेको पनि अग्रवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया