Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – विगत केही महिनादेखि कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएका पहिचान पक्षधरहरुले विराटनगरमा मोटरसाइकल र्याली निकालेर विरोध जनाएका छन् ।विराटनगरमा मंगलवार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित आएका पहिचानपक्षधरहरूले विराटनगरस्थित महेन्द्रचौकमा कोण सभा गरेका थिए । उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘पहिचानवादी जिन्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘जातिवाद मुर्दावाद’ जस्ता नारा लगाएर विरोध गरेका थिए । उनिहरुले कोशीप्रदेशको नामाकरण गरेर पहिचानको अस्तित्व मेटाउने कामभएको आरोप समेत लगाएका छन् ।

कोण सभालाई पहिचान पक्षधर विभिन्न समूहका नेताहरुले सम्बोधन गरेका थिए । शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा वक्ताहरुले आफूहरुको आन्दोलन कुनै जात, धर्म र पार्टीर्विरुद्ध नभई विशुद्ध पहिचानकालागिभएको र प्रदेशको नाम कोशी परिवर्तन नगरे सम्मआन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ ।

विराटनगर भित्ररहेको कोशी प्रदेश सभा पूर्व देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चौकदेखि दक्षिण जतुवाचौक क्षेत्र, मुख्यमन्त्रीनिवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखकोकार्यालयबाट ३ सय मिटर वरपर र जिल्लाप्रशासनकार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकेको जिल्लाप्रशासनकार्यालयले जनाएको छ । यता, पहिचानवादीहरुले निषेधित क्षेत्र तोकेर आन्दोलन विथोल्न खोजेको आरोप लगाएको छ ।

 

तपाईको प्रतिक्रिया