Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको ह्वोगगो प्रान्तको हिमेजी सहरमा सडक दुर्घटनामा परी एक नेपाली युवकको ज्यान गएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० बिजुलेका रमेश पुरीको दुर्घटनामा ज्यान गएको हो ।

पार्टटाइम काम सकेर फर्क॑दै गरेका पाँच जना नेपाली चढेको कार सडकको रेलिङमा ठोक्किएर पल्टिएको थियो । २० वर्ष उमेर समुहका तीन जना पुरुष र एकजना महिला घाइते भएको र उनिहरु खतरामुक्त रहेको बताइएको छ ।

मृतक पुरी १ वर्ष पहिले मात्रै अध्ययनका लागि जापान गएका थिए । तर उनको मंगलबार बिहान दुर्घटनामा परी मृत्यु भएको खबर आएको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्ष अर्जुनकुमार पुरीले जानकारी दिए । मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन् । पुरीका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया