Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौँ विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाँचौँ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन)ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो ।

‘हामी स्वास्थ्य व्यक्ति, समुदाय, राज्य र एक राष्ट्रको प्राथमिकता हो भन्ने कुरालाई निरन्तर पुष्टि गर्छौँ ।’ सम्मेलनपछि जारी गरिएको घोषणामा उल्लेख गरिएको छ, ‘स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार हो र हामी विश्वभर स्वास्थ्य जानकारी र सेवाहरू पहुँच गर्ने कुरामा कुनै पनि नेपालीलाई पछि नछोड्ने कुराको पुष्टि गर्दछौँ ।’

नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई देशको नागरिकको रूपमा आधारभूत विश्वव्यापी स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न आह्वान गर्दै घोषणामा भनिएको छ, ‘हामी द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू, संघहरूलाई पनि स्वास्थ्य आवश्यकताहरू पहिचान गर्न आह्वान गर्दछौँ। आप्रवासी र उनीहरूका स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनन् ।’

प्रवासीहरूले स्वास्थ्यका लागि अनौठो चुनौतीहरूको सामना गर्छन् भन्ने कुराको पुष्टि भएको बारे घोषणामा यी चुनौतीहरूको समाधान फरक तरिकाले गर्न आवश्यक छ भन्ने साझा बुझाई कायम भएको उल्लेख गरिएको छ । सम्मेलनमा नेपालीको स्वास्थ्यमा सरोकार राख्ने नेपाल बाहिर र नेपाल भित्रका स्वास्थ्यकर्मी, सरोकारवाला, संस्था, अन्तर्राष्ट्रिय एजेन्सीहरूको सबैभन्दा ठूलो भेलाको रूपमा रहेको उक्त सम्मेलनमा विश्व भरिबाट ३० वटा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

नेपाली समुदायको स्वास्थ्य सुनिश्चित गर्नका लागि सम्मेलनले स्वास्थ्य सेवामा संलग्नहरूलाई एकसाथ ल्याउने, जसले स्वास्थ्य, चिकित्सा र शल्य चिकित्सा स्वास्थ्यकर्मी,नर्सहरू, सार्वजनिक स्वास्थ्यकर्मीहरू, चिकित्सा हेरचाह विशेषज्ञहरू, प्यारामेडिकहरू, नीति निर्माताहरू, वैज्ञानिकहरू, सम्बद्ध स्वास्थ्य सेवाकर्मीहरू, स्वास्थ्य अधिवक्ताहरू र अन्य पेसाहरूसँगको व्यवस्थापनमा सहयोग पुर्‍याएको आयोजकले बताएको छ ।

सम्मेलनमा वैज्ञानिक पेपर प्रस्तुतीकरण, कार्यशाला, सीप निर्माण सेमिनार, नीतिगत छलफल, घोषणापत्र, प्यानल छलफल, विद्यार्थी फोरम, पूर्व विद्यार्थीहरूको पुनर्मिलन आदि समावेश कार्यक्रमहरू र गतिविधिहरू समावेश गरिएको थियो ।औपचारिक रूपमा शनिबार जापानको टोकियोमा उद्घाटन भएको कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानमा बस्ने आप्रवासी नेपालीहरूको स्वास्थ्यका विषयमा दूतावास गम्भीर रहेको बताए। जापानमा विद्यार्थी तेस्रो धेरै र नेपाली समुदायको सङ्ख्याले छैटौँ रहेको बताउँदै जापान र नेपाल सरकारले उनीहरूको स्वास्थ्य सेवा सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बद्री केसीले आप्रवासीको मात्र नभई नेपालको स्वास्थ्य क्षेत्रमै आफूहरूले योगदान दिइरहेको उल्लेख गरे । कोभिडको समयमा नेपाल सरकारको पहलबाट सम्भव नभइरहेको अक्सिजन प्लान्टदेखि पीसीआरसम्म आफूहरूले उपलब्ध गराउन सकेको बताए । अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले गरेका थिए भने कार्यक्रमको सञ्चालनको चेयर डा एलिजा केसी भण्डारी (DrPH)ले गरेकी थिइन् ।जापान नेपाली मेडिकल एसोसिएसनको संयोजकमा डा. चालिसे
स्वास्थ्य क्षेत्रले मात्र विश्वव्यापी स्वास्थ्य सेवा हासिल गर्न सकिँदैन भन्ने कुरालाई स्वीकार गर्दै सम्बन्धित क्षेत्रहरूमा सहकार्य र साझेदारी गर्नका लागि डा लुसन चालिसेको संयोजकत्वमा ‘जापान नेपाली मेडिकल एसोसिएसन’ को औपचारिक घोषणा गरिएको छ ।

सबै नेपालीहरूको लागि स्वास्थ्य परिणामहरू प्राप्त गर्न सँगै काम गर्नुपर्ने आवश्यकताको बोध भएकोले नेपाली समुदायमा स्वास्थ्य सेवाको डेलिभरीमा सुधार गर्न विश्वव्यापी रूपमा नेपाली स्वास्थ्य पेशेवरहरूको नेटवर्कमा एकजुट हुने उद्देश्यसहित उक्त एसोसिएसनको गठन गरिएको बताइएको छ । जापानमा काम गर्ने नेपाली मूलका धेरै चिकित्सक र सम्बद्ध चिकित्सा व्यवसायीहरू सम्मिलित उक्त एसोसिएसनले उनीहरूको व्यावसायिक शक्ति निर्माणमा मद्दत गर्नका साथै नेटवर्किङ सेवाहरू प्रदानमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

एनआरएनए जापानले अहिलेसम्म स्वास्थ्यका क्षेत्रमा गरेका काम र जापानमा रहेका नेपाली स्वास्थ्यकर्मीले गरेका काम हालसम्म १ं१. २ भएका त्यसलाई १ं१ हजार बनाइने ढंगले सहकार्यमा काम गर्न चाहेको एसोसिएसनका संयोजक डा लुसनले बताए । ‘एनआरएनए जापानसँग मिलेर काम गर्न चाहेका छौँ, डा लुसनले भने, ‘जापानवासी नेपालीका स्वास्थ्य समस्या छन् । ती समस्याको हल गर्न प्राथमिकतामा राखिनु पर्छ ।’

रण रहोस् जापानमा स्थायी लाइसेन्स लिएका मात्र ५ जना नेपाली डाक्टर रहेका छन् । ग्लोबल हेल्थ कमिटी एनआरएनएका चेयर डा सञ्जीव सापकोटा नेपालीहरूको स्वास्थ्यमा सहयोग गर्नका लागि सरोकारवाला पक्षले नेपाल सरकारसँगको समन्वय र सहकार्यमा कार्य गरिनु पर्ने बताए । प्रवासमा रहेका नेपालीले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएकोले उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष चासो राख्नुपर्नेमा डा सञ्जीवको आग्रह छ । नेपाली कला संस्कृति रीतिरिवाज र चालचलनलाई विदेशमा परिचित गराउनका लागि विदेशमा रहेका नेपाली समुदायले महत्त्वपूर्ण योगदान पुर्‍याएकाे उनको भनाई छ ।आयोजक कमिटीकी अध्यक्ष डा एलिजा केसी भण्डारीले कार्यशालाले स्वास्थ्य क्षेत्रमा रहेका सबैलाई एक ठाउँमा ल्याएर नेपाल बाहिर रहेका नेपालीहरूको स्वास्थ्यका विषयमा संवाद गरी र १९ बुँदे निष्कर्ष निकालिएको बताइन् । कार्यक्रमको समापनमा एसिया प्यासिफ़िक क्षेत्रीय समितिका संयोजक दण्डपाणी कँडेल (डिपी), उप संयोजक दीपक कँडेल, लगायतले मन्तव्य राखेका थिए । नवीन निउरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खरेल र स्वागत मन्तव्य सचिव चन्द्राकुमारी केसीले गरेकी थिइन् ।

कार्यक्रममा एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटा, एनआरएनए ग्लोबल हेल्थ कमिटीका उपाध्यक्ष तथा आयोजक कमिटी अध्यक्ष डा एलिजा केसी भण्डारी (जापान), साइन्टिफिक कमिटी अध्यक्षमा डा लुशुन चालिसे, सह(अध्यक्षमा डा सागर पौडेल, डा प्रकाश श्रेष्ठ अमेरिकन रिजन हेल्थ टिम, अनिशा भण्डारी, पब्लिक हेल्थ ग्र्याजुएट शिवप्रसाद पौडेल, पूर्व अध्यक्ष एनआरएनए जापान, नेहा शर्मा नर्स अमेरिका, अर्जुन बगाले आयोजक कमिटी सचिव रहेका थिए ।

यसैगरी साइन्टिफिक कमिटी मेम्बरमा सुवास अधिकारी, डा सुमन श्रेष्ठ, डा सन्तोष श्रेष्ठ, डा मेलिसा रन्जित, सुजाता अधिकारी र डा विकास लम्साल रहेका छन् । कार्यक्रम समितिका सहअध्यक्षमा डा सन्दीप शाक्य, कार्यक्रम समितिमा डा सुप्रिया शाक्य र डा ससीम पौडेल रहेका थिए ।

तपाईको प्रतिक्रिया