Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ। बिक्री दर भने एक अमेरिकी डलर बराबर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। भारतीय रुपैयाँ (भारु)सँग नेपाली रुपैयाँको स्थिर विनिमय भएका कारण अमेरिकी डलरसँग भारु कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पर्छ। अहिले भारतीय मुद्रा कमजोर भएकैले डलर महँगिएको र नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुन पुगेको हो।

पछिल्लो समय भारतमा विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा डलरको माग र मूल्य बढिरहेको छ। डलरको मूल्य बढ्दा नेपालमा मिश्रित खालको प्रभाव पर्छ। विदेशमा काम गर्ने नेपालीले रेमिटेन्स पठाउँदा उनीहरूका घरपरिवारले धेरै रकम पाउँछन्। त्यसैगरी, डलरको मूल्यवृद्धिले निर्यातबाट प्राप्त हुने रकम पनि बढी हुन्छ। तर, डलर महँगो हुँदाको घाटा अझ ठूलो छ। विदेशी मुद्रा तिरेर आयात गर्ने सरसामान तथा सेवा महँगो पर्न जान्छ। महँगो डलरमा सामान आयात गर्दा नेपालमा थप मूल्यवृद्धि हुनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मूल्यवृद्धि दर ७.५ प्रतिशत छ। नेपालको अर्थतन्त्र नै आयातमा निर्भर भएकाले पेट्रोलियम पदार्थ सहित उपकरण, विद्युतीय सामान, लत्ताकपडा, निर्माण सामग्री आदिको मूल्य थप बढ्छ। यसले देशभित्रका उद्योगको लागत पनि बढाउँछ। डलरको भाउ बढ्दा सरकारले तिर्नुपर्ने विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार थपिन्छ।

 

तपाईको प्रतिक्रिया