Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै राष्ट्रिय युवा संघ धनुषालेले सरकारी गाडी नियन्त्रणमा लिएर ट्राफिकलाई जिम्मा लगाएका छन् । सरकारी गाडीको दुरुपयोग बढेको भन्दै उनीरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि सञ्चालन गरिएको अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो । उनका अनुसार दोस्रो साताको यो अभियानमा १५ मिनेटको अन्तरालमा ५ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । गत शनिबार १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो ।

 

तपाईको प्रतिक्रिया