Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँको तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका २८ वर्षीय दीपेन्द्र राईले प्रहरीलाई घटनाबारे जानकारी दिएका दिए । उनी लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या गर्नुअघि उनीहरू तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरू मिल प्रवेश गरेका थिए । पक्राउ परेका सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ ।

उनीहरूको परिचय भने खुलाइएको छैन । ‘उनीहरू विरुद्ध अनुसन्धान सुरु भएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले भने, ‘के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान पछि खुल्ला ।’

शुक्रबार राति तिनकुनेस्थित दिव्य सःमिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो । हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नवीन भने मिलमा आउने-जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे ।

मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया