Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले हरेक वर्ष संविधान दिवसका दिन प्रदान गर्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने भएको छ  । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो ।

मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो । यो पटकको संविधान दिवसका अवसरमा पदक नबाँड्ने निर्णय भएको जनाउँदै एक मन्त्रीले आउँदो वर्षका लागि उचित मापदण्ड तय गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए । ‘सरकारले बाँड्दै आएका पद, अलंकार र विभूषणको मान्यता भएन । खर्च मात्रै बढी भयो’, ती मन्त्रीले भने, ‘यसैले यो वर्ष पदक नबाँड्ने निर्णय भएको छ ।’

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए । राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवाला नजिककाले पाउन थालेपछि यसको महत्व पनि घट्दै गएको थियो । सरकारले बाँडेका पदक लिएका व्यक्तिहरु कतिपय भ्रष्टाचार, घुसकाण्ड र आपराधिक क्रियाकलापमा पनि जोडिने गर्दा आलोचना हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया