Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

हाम्रो मुलुकलाई २००७ सालभन्दा अगाडि न विदेशी ऋण थियो न हाम्रो जमिन नै छिमेकी मुलुक भारत र चीनले कब्जा गरेको थियो । त्यतिबेला हामी नेपाली जुनसुकै जात, भाषा, समुदायको भएपनि मिलेर बस्थ्यौँ । दुःखसुख गरेर घरपरिवार चलाउँथ्यौँ । त्यतिबेला विश्वमा नेपाल र नेपालीको छुट्टै इज्जत र प्रतिष्ठा थियो ।

हामी नेपाली कहिल्यै कसैको अगाडि झुक्दैनौँ, बरु हाम्रो ज्यानै किन नजाओस् भन्ने कुरा विश्वले थाहा पाएको थियो । तर, जब राजनीतिक दलहरूले व्यवस्थामा परिवर्तन ल्याए, तब नेपालको अधिकांश भूभाग भारत र चीनले कब्जा गर्‍यो । सँगै २३ खर्ब विदेशी ऋण समेत अहिले नेपाललाई लागेको छ । पछिल्लो समय मुलुकमा राजनीतिक परिवर्तन भएपछि राजनीतिक दलहरूले आफू सत्तामा आउनका निम्ति नेपालको भूमि भारत र चीनलाई त दिए नै सँगै नेपाल र नेपाली जनताको विश्वमा रहेको छुट्टै इज्जत, प्रतिष्ठा र गौरव समेत मेटाइदिए । अहिले प्रत्येक नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण छ ।

विदेशी ऋणको साँवाब्याज तिर्न नसक्ने अवस्थामा सरकार पुगेको छ । राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई राजनीतिक दलहरूले टुक्रा टुक्रा बनाएर सात प्रदेशमा विभाजन गरे । अहिले प्रदेश प्रदेशको सीमानामा नेपाली नेपालीको झगडा सुरु भएको छ । मुलुकको कानून र संविधानलाई नै टेकेर केही व्यक्तिहरूले हाम्रो राष्ट्रिय जनावर गाई, गोरु समेत काटेर खान थाले । यो घटनाबाट हाम्रो मुलुकमा विदेशी हस्तक्षेप बढिसकेको स्पष्ट हुन्छ । पर्दाभित्र बसेर विदेशी मुलुकहरूले नेपालमा धर्मका आधारमा नेपाली नेपालीबीच झैझगडा र आन्दोलन गराउन खोजिरहेको कुरा प्रष्ट भइसकेको छ ।

२०५२ फागुन १ गते माओवादीले जनयुद्धको सुरुवात गर्‍यो । पार्टी सरकारमा गएमा यो, त्यो गर्ने भनेर धेरै आश्वासन देखायो । जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए, कति घाइते भए त कति अंगभंग भए । तर सोचेजस्तो परिवर्तन आएन । देशमै रोजगारी सृजना गरिने भनिएपनि रोजगारी नपाएपछि बिदेसिन बाध्य छन् नेपाली । २०६५ सालदेखि २०८० सालसम्म माओवादी पार्टीका बाबुराम भट्टराई एक पटक र प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । प्रधानमन्त्री कांग्रेस र एमालेको भएपनि माओवादी पटक पटक सरकारमा सहभागी भयो । माओवादीका नेताहरू बारम्बार मन्त्री बने । तर, सरकारमा गएर पनि माओवादीले जनता र राष्ट्रको लागि केही गर्न नसकेको गुनासो छ ।

कांग्रेस, एमालेले पनि केही गर्न सकेन भनेर माओवादीमा लागेकाहरू निराश छन् । अब नयाँ पार्टी भन्दै उदाए पार्टीले पनि गतिलो छाँट देखाएका छैनन् । बेरोजगारीका कारण दिनहुँ हजारौँ नेपाली जनता बिदेसिएका छन् । पैसा हुनेहरू पनि आफ्नो देश छोडेर अमेरिका, अस्ट्रेलिया गएका छन् । हाम्रो मुलुकको ९० प्रतिशत जमिन घर र बाटो बनाएर सकिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भ्याट लगाउँदा नेपालमा प्याजको मूल्य छोइनसक्नु भएको छ । बजारमा प्याजको मूल्य दिनानुदिन बढिरहेको छ । जनताको भान्छा महँगिएको छ । भारतले खाद्यान्न नपठाए नेपालीलाई छाक टार्न मुस्किल हुने देखिन्छ । किनकि नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन । २०३१–३२ सालमा नेपालले खाद्यान्न निर्यात गर्ने गर्थ्यो । कतिपय अवस्थामा अनुदान समेत दिन्थ्यो । तर, अहिले त अन्य मुलुकले नेपालमा खाद्यान्न नपठाए नेपाली जनता भोकभोकै बस्नुपर्छ । पछिल्लो समय मन्दीका कारण ६० प्रतिशत कोठा, फल्याट र सटर खाली भएका छन् । अधिकांश मानिस बैंक तथा वित्तीय संस्थाको ऋणमा फसेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल गएका बालकृष्ण खाँणलाई कसरी जेलमुक्त गराउने टेन्सन छ । प्रधानमन्त्री प्रचण्डलाई सुन काण्डमा कृष्णबहादुर महरालाई कसरी जोगाउन चिन्ता छ त केपी ओलीलाई अन्य भ्रष्टाचार काण्डमा आफू र आफ्ना कार्यकर्ता कसरी जोगाउने पिर छ । गौर हत्याकाण्डमा कसरी बच्ने भन्ने चिन्ता उपेन्द्र यादवलाई छ । माधव नेपाल र बाबुराम भट्टराईलाई आफ्नै पार्टीको तनाव छ । त्यसैले, अझै पनि जनताले यिनै राजनीतिक दलबाट देश विकास हुन्छ, छिमेकी मुलुकले कब्जा गरेको नेपालको जमिन फिर्ता हुन्छ, विदेशी ऋण मिनाहा हुन्छ, विदेशी हस्तक्षेप बन्द हुन्छ भनेर आशा गर्नु व्यर्थ हो ।

यिनीहरूले देश र जनताको लागि केही गर्न सक्दैनन् तर दुई–तीन जना आफ्नो कार्यकर्ता अगाडि राखेर घण्टौँ भाषण गर्न सक्छन् । यसरी सिद्धान्त, गन्तव्य र भिजन नै नभएका मानिसहरू राजनीतिमा आउँदा जनताको अवस्था त दयनीय भयो नै देशको स्थिति समेत नाजुक अवस्थामा पुग्यो ।

तपाईको प्रतिक्रिया