Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – आकस्मिक बाहेकका हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाइएको छ । यता हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि हिजो अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो । उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि बिहीबार प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

घटना विवरणअनुसार एक महिना अगाडि डेंगी रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो ।

त्यहाँ मेडिकल कलेजमा डेंगी सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो । कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको बताइएको छ । साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आदेश दिएका थिए ।

 

तपाईको प्रतिक्रिया