Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – विभिन्न भिडियो तथा टिकटकमा नेपाल प्रहरीको पोशाक लगाएर भिडियो बनाउनेहरुको संख्या बढीरहेका बेला प्रहरीले पोशाकको दुरुपयोग भन्दै कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।प्रहरी प्रधान कार्यालय अन्तरको प्रहरी महानिरीक्षकको सचिवालयद्वारा विहीवार जारी प्रेस विज्ञप्तिमा पोखाकको दुरुपयोग प्रति प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रवत्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा चलचित्र , टेलिचलचित्र, सर्ट मूभी प्रेङ्याक भिडियो , साङ्गीतीक भिडियो , टिकटक , टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीको पोशाक दुरुपयोग गरेको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक कडायतले प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको कारण खुलाई अनुमति लिनु पर्ने भनिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार इकाइको अनुमति नलिई कुनै पनि प्रयोजनमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा हुने दज्यानी चिन्ह्र प्रहरीको मनोग्राम प्रयोग नगर्न नगराउन सचेत गराइएको छ । प्रहरी प्रवत्ता कडायतले अनुमति वेगर यस्ता कार्य गरेको पाइएमा प्रचलीत कानून बमोजिम कारवाही गर्ने जनाएका छन् । सामाजिक सन्जाल टिकटकमा प्रहरीको पोशाक प्रयोग गरेर भिडियो वनाउनेको संख्या बढीरहेका वेला प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति मार्फत सचेत गराएको हो ।

तपाईको प्रतिक्रिया