Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – सरकारले माध्यमिक परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा यस्तो प्रस्ताव गर्दै एसईई खारेज गरेर बोर्ड परीक्षा १२ कक्षामा हुने व्यवस्था प्रस्ताव गरेको छ ।यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएकोमा नयाँ विधेयकमा एसईई खारेजको प्रस्ताव गरेको हो । सरकारले प्रस्ताव गरेको विषय संसद्का दुुवै सदनबाट पारित भएमा एसईई खारेज हुनेछ ।

त्यसपछि विद्यार्थीले एसईईको परीक्षा दिनुपर्ने छैन । सरकारले विधेयकमा गरेको प्रस्तावअनुसार कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै लिनेछ । जसलाई आधारभूत शिक्षा भनिएको छ । ९, १० र ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिनेछ ।

प्रस्तावित विधेयकमा भनिएको छ– बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने र यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका बोर्ड अन्तर्गतका शाखा कार्यालयहरु आवश्यकताअनुसार रहन सक्ने व्यवस्था यस दफामा गरिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धी कार्यको लागि आवश्यक पर्ने संरचनामात्र बोर्डमा रहनेछन् ।” बोर्डले विस १९९० देखि सञ्चालनमा आएका परीक्षाका सबै विवरण संरक्षण गर्नुका साथै अभिलेख संरक्षणमा जवाफदेहिता कायम गर्नुपर्ने छ ।

 

तपाईको प्रतिक्रिया