Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग दाबी नपुग्ने आदेश भएको छ । जिल्ला अदालका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सिद्धबाबाविरुद्धको मुद्दामा दाबी नपुग्ने ठहर गरेको हो ।

उनीविरुद्ध १४ असार २०७९ मा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै बुधबार अदालतले निवेदकको दाबी नपुग्ने ठहर गरेको हो । अनुयायी बलात्कार अभियोगमा पीडित स्वयंले ‘शरीर समर्पण’को व्याख्या गरेको सुनसरी जिल्ला अदालतले दोस्रोपटक सिद्धबाबालाई सफाइ दिएको छ । सुनसरी अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार राय किताबमा ‘अभियोग दाबी नपुग्ने’ फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया