Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निशर्त सहयोग गर्ने वचन दिएका छन् । यसलाई उनले ‘साम्राज्यवादविरुद्धको पवित्र लडाइँ’ समेत भनेका छन् ।

रुसको सुदूर पूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा किमले मस्कोसँगको सम्बन्ध आफ्नो एक नम्बरको प्राथमिकता भएको पनि स्पष्ट पारे । ‘रुस आफ्नो सार्वभौमसत्ता र रक्षाका निम्ति प्रभुत्वशाली शक्तिसँग पवित्र लडाइँ लड्न खडा भएको छ,’ दोभाषेमार्फत किमले पुटिनलाई भने, ‘हामी राष्ट्रपति पुटिन र रुसको नेतृत्वको निर्णयलाई सधैँ समर्थन गर्नेछौँ । र, यो साम्राज्यवादविरुद्धको लडाइँमा हामी साथमा हुनेछौँं ।’

गत चार वर्षमा किम र पुटिनबीचको यो दोस्रो भेट हो । २०१९ मा पनि किमले रुसको यात्रा गरेका थिए । कोरोना महामारीपछि यो उनको पहिलो विदेश यात्रा पनि हो । उनीहरुबीच हतियारका विषयमा सम्झौता हुने आकलन गरिएको थियो । अहिले रुसलाई तोपका गोला लगायत हतियारको आवश्यकता छ ।

त्यसैगरी उत्तर कोरियालाई स्याटलाइट प्रविधिको खाँचो छ । गत केही महिनामा जासुसी स्याटलाइट प्रक्षेपण गर्ने उत्तर कोरियाको प्रयास दुई पटक असफल भइसकेको छ । पुटिनले उत्तर कोरियालाई स्याटलाइट निर्माणमा साउने बताइसकेका छन् । किम रेल चढेर रुस पुगेका थिए । आफैले रेलमा ल्याएको लिमोजिन चढेर वार्तास्थल पुगेका थिए । वार्तास्थल वोस्तोच्नी कस्मोड्रोम बन्दरगाह सहर भ्लादिभोस्तोकबाट ६० किलोमिटर टाढा पर्छ । एजेन्सी

तपाईको प्रतिक्रिया