Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – ‘ब्रेक-शू’मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आफ्नो अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । सीआइबीले यस प्रकरणमा ५० जनालाई विभिन्न कसूरमा मुद्दा दर्ता गराउन रायसहितको आफ्नो प्रतिवेदन बुझाएको हो ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय सीआईबीले दिएको छ। रेडिट्रेडमार्फत् भित्रिएका सबै ब्रेकप्याडको तौल यकिन गर्दा थप ३०२ किलो ६२० ग्राम गरी कूल ३६२ किलो सुन पुगेको सीआईबीले जनाएको छ।

कूल ३६२ किलो सुन बरामद भएको पुष्टि भएकाले आरोपितविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको हो ।आरोपीविरुद्ध सङ्गठित अपराध, चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिएको सीआईबीले जनाएको छ। सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ।यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी बुधबार प्रतिवेदन बुझाएको हो।पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल,भारत , चिनियाँ र ताइवानी नागरिक पनि रहेका छन्।

तपाईको प्रतिक्रिया