सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – एप्पलले आईफोन १५ सीरीजको रुपमा दुई नयाँ हेण्डसेट आईफोन १५ तथा आईफोन १५ प्लस सार्वजनिक गरेको छ । यसपटक एप्पलले यो सीरीजमा डाइनामिक आइसल्याण्डको प्रयोग गरेको छ । अघिल्लो वर्ष कम्पनिले आईफोन १४ प्रोमा पनि डाइनामिक आइसल्याण्ड प्रयोग गरेको थियो, जबकि आईफोन १४ मा स्ट्याण्डर्ड नोच दिइएको थियो । आइफोन १५ मा ब्याक प्यानलमा डुअल क्यामरा सेटअपको प्रयोग गरिएको छ । यसको प्राइमरी क्यामरा ४८ एमपीको छ । कम्पनीको दावी के छ भने यसले उत्कृष्ट डिटेल्ससहित फोटो क्लिक गर्न सकिन्छ । साथै यो फोनले फोटोलाई नेक्स्ट लेभलको एक्सपीरियन्स दिन सक्छ ।

यसमा प्रयोगकर्ताले लाइट तथा डिटेल्सको उत्कृष्ट संयोजन पाउने छन् । यो फोनमा नेक्स्ट जेनेरेशन पोट्रट मोडसमेत छ । यसका साथै नयाँ फोकस मोड पनि समावेश छ । यो फोकस मोडले लो लाइट तथा दिउँसोको उज्यालोमा उत्कृष्ट शैलीमा काम गर्नेछ । न्यू स्मार्ट एचडिआरले राम्रो फोटो क्लिक गर्न सहयोग पुर्याउने छ । आईफोन १५ मा ६.१ इन्चको डिस्प्ले छ, जबकि आईफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले छ । यी दुबै फोनमा ओलेड सुपर रेटिना डिस्प्लेको प्रयोग गरिएको छ । आईफोन १५ लाई पाँच वटा रंगसहित प्रस्तुत गरिएको छ, जुन गुलावी, पहेंलो, हरियो, नीलो तथा कालो रंगमा उपलब्ध छन् ।

आईफोन १५ को मूल्य ७९९ अमेरिकी डलर (करिब १ लाख ६ हजार रुपैयाँ) निर्धारण गरिएको छ भने आईफोन १५ प्लसको मूल्य ८९९ डलर (करिब १ लाख १९ हजार रुपैयाँ) राखएिको छ । नेपालमा भने आईफोन १५ को सुरुवाती मूल्य करिव १ लाख २७ हजार रुपैयाँ तथा आईफोन १५ प्लसको मूल्य करिब १ लाख ४४ हजार रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ । आईफोन १५ मा ए१६ बायोनिक चिपसेट प्रयोग गरिएको छ । यसमा ६ कोर सीपीयू पाइने छ, जसले ए१५ बायोनिकको तुलनामा २० प्रतिशत कम पावर खपत गर्नेछ । यसमा अल डे ब्याट्री लाइफ पाउन सकिने छ ।

आईफोन १५ मा रोड असिस्टेन्ट सेवा पनि पाइने छ । आईफोन १५ सीरीजका प्रयोगकर्तालाई दुई वर्षका लागि निःशुल्क सेटेलाइट कनेक्टिभिटी फिचर दिइने छ । सेटेलाइट कनेक्टिभिटीको सहयोगले प्रयोगकर्ताले आपतकालिन अवस्थामा स्थानीय निकायसंग सहयोग माग्न सक्ने छन् । सेटेलाइट कनेक्टिभिटीले इन्टरनेट तथा सेल्यूलर नेटवर्क बिना पनि काम गर्न सक्छ ।

 

तपाईको प्रतिक्रिया