Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । पार्टी प्रचार विभागका सचिव गगन विष्टकाअनुसार नेम्वाङको अन्त्येष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको हो ।

त्यसअघि भोलि १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ । त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने पार्टी प्रचार विभागका सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले अन्त्येष्टि गरिने दिन सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरिसकेको छ ।

नेता नेम्पाङको मंगलबार बिहान हृदयाघातका कारण असामयिक निधन भएको थियो । नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर पुष्पगुच्छा अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया