Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – डाेल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित मृतावस्थामा भेटिएका छन् । भदौ १० गतेदेखि बेपत्ता भएका पण्डितको शव १७ दिनपछि भेटिएको हो ।

उनको शव भेरी नदीको पानीमै डुबेको अवस्थामा डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिक भेटिएको छ । स्थानीयले नदीमा औंठी र घडी लगाएको एक पुरुषको शव देखेको बताएपछि लगातार १७ दिनदेखि उनको खोजीमा खटिएको सेनाको टोली त्यसतर्फ गएको थियो । मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो ।

सेनाले उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा टोली त्यसतर्फ पठाएको थियो । शरीर पानीमै भए पनि कपडा नरहेको अवस्थामा शव भेटिएको स्थानीयले खबर गरेपछि सैनिक टोली त्यहाँ गएको हो । उनी अपराह्न साढे ४ बजे इभिइनिङ वाकका लागि ब्यारेकबाट निस्किएका थिए ।

तपाईको प्रतिक्रिया