Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेकै बेला पनि त्रिभुवन विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले आज बिहान बरामद गरेको उक्त सुन विदेशबाट विमानमार्फत आएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया