Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानको यसपालीको तीज बिशेष कार्यक्रम जापानको नागोयामा हुने भएको छ । समाजले हरितालिका तिजको अवसरमा यही सेप्टेम्बर १७ तारिख आईतबारका दिन नागोयामा तीजको दर खुवाउने कार्यक्रम गर्ने भएको हो ।

दर्शन समाज जापानका अध्यक्ष राहुल शाही ठकुरीका अनुसार यसपालीको तीजको दर खुवाउने कार्यक्रम नागोयाको देउराली रेष्टुरेन्टमा आयोजना गरिने भएको हो । दर खुवाउने कार्यक्रम नागोयाको नाकाकु साकाएमा दिउँसो ३ बजेबाट राति अबेरसम्म सञ्चालन हुने बताईएको छ ।

तीज बिशेष कार्यक्रममा ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेरबहादुर उचै ठकुरी प्रमुख अतिथिका रुपमा नेपालबाट आउने बताइएको छ । कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि ठकुरीको सेप्टेम्बर १६ तारिखका दिन नारिता बिमानस्थलमा आगमन हुने बताइएको छ ।

परदेशमा रहेर तिज मनाउन नपाउने नेपाली दिदिबहिनीहरुलाई तिजको झल्को मेटियोस भनेर तिज विशेष कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका महासचिव प्रदिप सेन ठकुरीले बताएका छन ।महिलाहरुको महान चाड हरितालिका तिजलाई आपसी मेलमिलाप र सहिष्णुताको पर्वका रुपमा मनाउनका लागि पनि तिज कार्यक्रमको आयोजना गरिएको महासचिव सेनको भनाई छ ।
यसपालीको तिजको दर खुवाउने कार्यक्रममा नागोयाबासी सबै नेपाली दिदिबहिनीलाई सहभागी हुन समाजले अपिल गरेको छ ।

कार्यक्रम स्थलः Nagoya-Shi, Nakaku Sakae 2-7-16
टेलिफोन नम्बरः 05-2222-1223

 

तपाईको प्रतिक्रिया