Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन्। नेम्वाङको निधनपछि सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले नेम्वाङलाई मृदुभाषी, विनम्र, शालीन व्यक्तित्वका रूपमा उल्लेख गरेका छन्।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

२०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा अध्यक्ष भएयता नेम्वाङ ओलीका सल्लाहकारजस्तै थिए। अध्यक्ष ओलीका निर्णय र कदमहरूमा नेम्वाङको साथ रहँदै आएको थियो।प्रधानमन्त्री भएका बेला २०७७ पुस ५ मा ओलीले संसद विघटन गर्ने निर्णय गर्दा नेम्वाङले सार्वजनिक रूपमा मौनता साँधेका थिए। पत्रकारहरूसँग आन्तरिक कुराकानीमा भने उनले ओलीको कदम असंवैधानिक भए पनि त्यसलाई प्रधानमन्त्रीको बाध्यताको रूपमा बुझिदिन आग्रह गरेका थिए। कानुनी जटिलताहरू र पार्टीभित्रको सन्तुलन मिलाउने काममा पनि अध्यक्ष ओली अक्सर नेम्वाङको साथ लिन्थे।

 

तपाईको प्रतिक्रिया