Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङले लोकतान्त्रिक संविधान निर्माणमा पुर्‍याएको योगदान सधैँ सम्झिने बताएका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले एक मृदुभाषी, विनम्र र शालीन साथी गुमाएको बताएका हुन् ।

सोमबार राति निधन भएका संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्नो सुख दुःखको साथीसमेत रहेको ओलीले बताए । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’

काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयाघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

तपाईको प्रतिक्रिया