Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् ।मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो ।

अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो । सोमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । पाँचवटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे । सेयर बजारमा घटबढ भइरहन्छ । यो बजारको सामान्य नियम हो । यसकारण, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ ।

 

तपाईको प्रतिक्रिया