Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड भदौ २९ गते अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएको हो । प्रधानमन्त्रीले त्यही छलफलमा टोली घटाउन प्रतिबद्धता जनाएसँगै मुख्य सचिवलाई निर्देशन दिएको बताइएको छ ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारहरू भ्रमणबाट रोकिएका छन् । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए । परराष्ट्रमन्त्री एनपी साउद भने आइतबार नै अमेरिका हिँडिसकेका छन् । बाँकी टोलीका सदस्य कटाएर सानो बनाउने गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया