Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – एयर एसियाको विमानले आकस्मिक अवतरण गरेको छ । १६८ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोचीबाट बेंगलुरुका लागि एयर एसियाको विमान कोचीन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि फर्किएको थियो।

आइतबार राति बेंगलुरुका लागि छुटेको कोच्चि-बैंगलोर उडान राति ११:१५ बजे उडान भर्ने बित्तिकै प्राविधिक समस्याको सामना गरेको थियो । पछिको अनुसन्धानमा विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । विमानको सुरक्षित अवतरण लगत्तै पहिले जस्तै सबै व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया