Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाएको छ । शुक्रबार बसेको बाह्रदशी गाउँ कार्यपालिकाको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

काजीमान राई हाजिर हुनका लागि गत १२ भदौमा उक्त कार्यालयमा पुगेका थिए । दुई दिन हाजिर भएर उनी काठमाडौं हिँडेका थिए । यही बिचमा युवतीसँग कार्यकक्षमै यौनजन्य क्रियाकलाप गरेको भिडियो बाहिरिएपछि राईलाई कार्यालयमा हाजिर लगाउन रोक लगाइएको बाह्रदशी गाउँपालिकाले जनाएको छ ।

पालिकामा अघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खेमराज थापालाई मन्त्रालयले त्यहाँबाट सरुवा गरेर गौरीगञ्जमा पठाएको भएपनि पालिकाले उनलाई रमाना दिएको छैन । इलामस्थित माईजोगमाई गाउँपालिकामा रहँदा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा अधिकृत रेश्मा राईबीच यौनजन्य गतिविधि समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

उनीहरुबीच कार्यकक्षमै यौनजन्य अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएसँगै बाह्रदशी गाउँपालिकाले राईलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । यही प्रकरण सार्वजनिक भएसँगै माईजोगमाईको लेखा अधिकृत रेश्मा राई कार्यालय सम्पर्कमा नरहेको पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत राई सरुवा भएर बाह्रदशीमा पुगेसँगै पालिकाले रेश्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया