Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवाद मिलेको छ । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको छलफलले फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेपछि विवाद मिलेको हो ।

हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । र, फिल्मको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत दिएका थिए । यसपछि बोर्डले विवाद भएको भन्दै फिल्मको सेन्सर सिफारिस रोकेको थियो । विवाद मिलेसँगै आइतबार नै फिल्मले सेन्सर सिफारिस पाउने भएको छ । फिल्मको नयाँ शीर्षक भने अब ‘एक भागवत् र एक गीता’ हुने भएको छ ।

छलफलमा फिल्मको टिम र हिन्दूवादी संगठन, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं सहभागी थिए ।अभिनेता विपिन कार्कीको सशक्त भूमिका रहेको फिल्ममा लैंगिक अल्पसंख्यकलाई समाज तथा परिवारले गर्ने तिरस्कारका साथै समानता र न्यायको लडाईं लडेको देखाइएको छ ।

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन, सुहाना थापा र धिरज मगरबाहेक जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झाको पनि अभिनय छ । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनले संवाद लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया