Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा क्रियाशील नेपाली संघसंस्थाहरुबीच आज आइतबार टोकियोमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएन जापानको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा जापानका दर्जनौ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जापानमा बढ्दो नेपालीहरुको समस्यालाई सम्बोधन गर्न साझा धारणा बनाई साझा मिशनमार्फत अगाडि बढ्ने उद्देश्यले संघसंस्थाहरुबीच बृहत छलफल र बहस गर्न आवश्यक ठानिएकोले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जापानका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा एनआरएनका पूर्व महासचिव जिज्ञानकुमार थापा, नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र बिषयक अवधारणपत्र पत्रकार तिलक मल्ल, जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धमा एनआरएन आइसीसी उपाध्यक्ष भूषण घिमिरे र जापानमा बस्दै गर्दा अत्यन्त ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धि कानूनी प्रावधानका बारेमा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलाराम श्रेष्ठको विशेष प्रस्तुती रहेको थियो । प्रस्तोताहरुद्वारा प्रस्तुत गरिएको सामग्रीसंग सम्बन्धित रहेर सहभागीहरुले आफ्ना सुझाव तथा प्रतिक्रिया दिएका थिए ।

एनआरएन जापानका अध्यक्ष नविन निउरेको सभापतित्व र नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा भएको सो संयुक्त अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सिध्दार्थ श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो । यसैगरी प्रवक्ता खगराज गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बिषयमा प्रवेश गराएका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै उपनियोग प्रमुख जोशीले संघसंस्थाहरुबीच कार्यगत एकता गर्दै समस्याको समाधानमा केन्द्रीत रहने उद्देश्यले गरिएको उक्त कार्यक्रमबाट ठोस नतिजा हासिल हुनेमा आफु बिश्वस्त रहेको बताए । नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने हेतुले गरिने यस्ता गतिबिधिहरुमा राजदूतावासको सँधै सहयोग र सहकार्य रहने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले खुलेर आफ्ना विचार ब्यक्त गरेका थिए । कार्यक्रमका लागि कार्यक्रम गरिने बढ्दो प्रवृत्ति, पिकनिक (बिबिक्यु), तीज, नाचगान जस्ता उस्तै उस्तै प्रकृतिका कार्यक्रमहरुको देखासिकी, चन्दा आतंकले पारेको हैरानी, कार्यक्रमहरुको खस्कदो गुणस्तर, वक्ता चयनमा असावधानी जस्ता कारणले संघसंस्थाहरुले गर्ने कार्यक्रमप्रति सर्बसाधारणको आकर्षण घट्दोक्रममा रहेको बताएका थिए । यस्ता बिषयमा ध्यान दिएर संघसंस्थाहरुले आफुलाई अविलम्ब सुधार गर्दै जानुपर्ने सुझावहरु उनीहरुले दिएका थिए भने संघसंस्थाहरुद्वारा समयमा कार्यक्रम सुरु नहुने रोगलाई चिर्दै एनआरएन जापानले पहिलोचोटी निर्धारित समयमै उक्त कार्यक्रम सुरु गरेर प्रशंसा बटुलेको थियो । समयमै कार्यक्रम सुरु गर्ने प्रयासको थालनीले निरन्तरता पाउनुपर्नेमा मतैक्यता जाहेर गरिएको थियो ।

यसैगरी कार्यक्रममा टिप्पणीकारको भूमिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष रबिन शर्माले कार्यक्रमका सम्बन्धमा आफ्नो समीक्षात्मक टीप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तमा, छलफलमा उठेका बिषयहरुसंग सम्बन्धित जिज्ञासाको अध्यक्ष निउरेले जबाफ दिनुका साथै उनले प्रस्तोताहरु मार्फत प्रस्तावित बिषयमा सहभागीहरुको राय र सुझावलाई मनन गर्दै आवश्यक गृहकार्य गरी साझा फोरमको ढाँचा र स्वरुप निर्माण गर्न ५ सदस्यीय कार्यदलको घोषणा गरेका थिए । जसअनुसार भूषण घिमिरे, तिलक मल्ल, डा. बलाराम श्रेष्ठ, जिज्ञानकुमार थापा र शालिकराम भण्डारी कार्यदलमा रहेका छन् । कार्यदललाई १ हप्ताभित्र आफ्नो जिम्मेवारी पूरा गर्न म्याण्डेट दिईएको छ । बृहत अन्तरक्रिया कार्यक्रमको महासचिव टिकाराम खरेल र प्रवक्ता खगराज गौतमले सञ्चालन गरेका थिए । ***

तपाईको प्रतिक्रिया