सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – आईफोन १५ तौल र आकारमा लगभग आईफोन १४ जस्तै हुने भएको छ । यद्यपि आईफोन १५ प्रो र प्रो म्याक्स आईफोन १४ को तुलनामा बाक्लो तर हलुका हुनेछ ।

आफ्नो उत्पादन आईफोनको नयाँ लाइनअपमा हरेक वर्ष सानो परिवर्तन ल्याउने गरेको छ । नयाँ आईफोनमा पुराना मोडेलका एक्सेसरिजहरू भने काम नलाग्न सक्छन् । आईफोन १५ को तुलनामा प्रो मोडेलका ग्राहकले बढी विचार पुर्‍याउनु पर्ने जस्तो देखिन्छ ।

म्याकरुमरले बाहिर ल्याएको तथ्याङ्क अनुसार आईफोन १५ आईफोन १४ सरह ७.८ एमएम बाक्लो पाउन सक्नेछन् । यद्यपि यो ७१.५ एमएम को ठाउँमा केही बढी ७१.६ एमएम चौडा हुनेछ र लम्बाइ पनि १४७.६ एमएमबाट बढेर १४६.७ एमएम पुग्नेछ । यद्यपि आईफोन १५ आईफोन १४ को तुलनामा हुलका अर्थात १७१ ग्राम तौलमा आउनेछ ।

आईफोन १५ प्लसका लागि भने डेटा उपलब्ध भइसकेको छैन । आईफोन १५ पहिलेको मोडेलसँग धेरै हदसम्म समान हुनेछ, जसले गर्दा धेरैजसो केसमा मिल्ने भएकाले अपग्रेड हुन चाहने ग्राहकले नयाँ खरिद गरिरहनु पर्ने छैन । तर प्रो मोडेलका लागि भने त्यस्तै सहजता नहुन सक्छ । आईफोन १५ प्रो आईफोन १४ प्रोको तुलनामा केही छोटो अर्थात् १४६.६ एमएमको ठाउँमा १४७.५ एमएम हुनेछ भने ७१.५ एमएमको ठाउँमा ७०.६ एमएम साँघुरो हुनेछ ।

बाक्लोपन भने ७.८५ एमएमबाट बढेर ८.२५ एमएम हुनेछ । २०६ ग्राम तौल रहेको आईफोन १४ प्रोको तुलनामा १.८८ ग्राम हुलका हुनेछ । आईफोन १५ प्रो म्याक्सको अवस्था पनि त्यस्तै हुने बताइएको छ । बाक्लोपनमा प्रो मोडेल सरहकै वृद्धि र बडी १६०.७ एमएमको ठाउँमा १५९ एमएमको आउनेछ । त्यस्तै फ्रेम ७७.६ एमएमबाट घटेर ७६.७ एमएममा खुम्चिनेछ । त्यस्तै प्रो म्याक्सको तौल २४० ग्रामबाट घटेर २२१ ग्राममा आउनेछ । रिपोर्ट अनुसार ग्रेड ५ को टाइटानियम प्रयोग गरिने भएकाले प्रो मोडेलको तौलमा उल्लेखनीय रूपमा प्रभाव पर्नेछ ।

तपाईको प्रतिक्रिया