Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक ( गितेन्द्र राई )जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जीबी समूहको पहिलो सहकारीविरुद्ध् ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले समुद्रपरिलाई जानकारी दिए।

‘बचतकर्ताहरूले जाहेरी दिएको आधारमा ७ जनाविरुद्ध हामीले मुद्दा दर्ता गरेका छौं,’ विकले भने, ‘पक्राउ पुर्जी जारी भइसकेको छ।’जिल्ला प्रहरी कार्यालय कास्कीको स्रोतका अनुसार जीबी राईसहित उनको समूहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।सूर्यदर्शन सहकारी जीबी समूहकै सहकारी हो।

अहिले यसको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल रहेका छन्। जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा आबद्ध रहेका छन्।प्रहरीले अहिलेसम्म सहकारीका कुनै सञ्चालकलाई पक्राउ गरेको छैन। तर, उनीहरू उच्च निगरानीमा रहेको दाबी गरेको छ। सहकारीमा कुल कारोबार १ अर्ब ५५ करोड रहेको छ।

तपाईको प्रतिक्रिया