Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया