Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्‌भाव र्‍याली निकालिएको छ। वैदिक सनातन धार्मिक महासंघको आव्हानमा शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्‌भाव र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले क्रिश्चियनले धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्‍यालीमा सहभागीहरूले बताएका छन्। राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरूले हिन्दु राष्ट्र कायम हुनुपर्ने जिकिर समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया