Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अफ्रिकी देश मोरोक्कोमा शक्तिशाली भुकम्प जाँदा ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले भूकम्पका कारण ६३२ जनाको ज्यान गएको जनाएको छ । त्यहाँको आन्तरिक मन्त्रालयको अद्यावधिक विवरण अनुसार भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । भूकम्पपछि घाइते भएकामध्ये ५१ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ ।

अझै कयौँ मानिसहरू भत्किएका घरहरू मुनि पुरिएको हुनसक्ने आशंका गरिएको छ । मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

भूकम्पका कारण कयौं घर र भवनहरू भत्किएका छन् । माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको स्थानीइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।

 

तपाईको प्रतिक्रिया