Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबारदेखि व्यावसायिक उडान शुरु भएको छ । ड्रुक एयरको विमान केही बेरअघि ४२ यात्रु लिएर भुटानको थिम्पुका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो ।

यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो ।

तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो । सञ्चालनमा आएको झण्डै आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गरेको छ । प्रमुख कर्णले अब व्यावसायिक उडान नियमित बनाउन पनि प्रयास भइरहेको बताए । आज विहान पोखरा आएको ड्रुक एयरलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया