Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – सरकारले ३१० अधिकृतको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले चार मन्त्रालय मातहतमा ३१० अधिकृत स्तरका कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।

सबैभन्दा बढी खानेपानी मन्त्रालयमा खानेपानी २३९ जना अधिकृत स्तरका कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ । यसपछि सञ्चार तथा सूचना प्रविधिमा ३१ जना अधिकृतको दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० जना अधिकृतको दरबन्दी सिर्जना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३० जना अधिकृत स्तरका कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ। यी दरबन्दी चालु आवका लागि सिर्जना हुने बताइएको छ ।

खानेपानीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव मन्त्री छन् । संस्कृतिमा माओवादीका गोपाल किराँती मन्त्री छन्। यस्तै सञ्चारमा माओवादीकै रेखा शर्मा मन्त्री छन् भने उद्योगमा कांग्रेसका रमेश रिजाल मन्त्री छन्।

सोही बेठकले पञ्चेश्वर विकास प्राधिकरणको सीईओमा नेपालको तर्फबाट सहसचिव मधुप्रसाद भेटुवाललाई नियुक्त गर्ने निर्णय भएको छ । यस्तै सहसचिवहरू दीपक लामिछाने, रामगोपाल खर्बजुार इन्दिरा दाहाल भट्टराईलाई कार्यकारी निर्देशक पदमा खटाउने निर्णय समेत भएको छ ।

तपाईको प्रतिक्रिया