Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – लगानी बोर्डले ४२ परियोजनामा साढे १२ खर्ब लगानी गरेको छ । स्थापनाको १२ वर्षमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी परिचालन भएको छ । शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् । उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो ।

विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुर्‍याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया