Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोशी प्रदेशमा चौथो पटक मुख्यमन्त्री नियुक्तिको तयारी थालिएको छ । प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सभामा ठूलो दलको हैसियतमा रहेको नेकपा एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी थालेका हुन् ।

योसँगै गत मङ्सिरमा सम्पन्न आमनिर्वाचनपछि कोशी प्रदेशमा चौथो पटक मुख्यमन्त्री नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतबाट बिहीबार भएको परमादेशको औपचारिक जानकारी केहीबेर अगाडि कार्यालयमा प्राप्त भएपछि आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो ।

कार्यालय स्रोतका अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गरिनेछ भने साँझ ६ बजेसम्म शपथ गर्ने गरी तयारी भइरहेको छ । यद्यपि दलका नेता कार्कीले भने केही मन्त्रीको साथमा शपथ लिने तयारी गरेकाले ढिलाइ हुनसक्ने अनुमान गरिएको छ ।

गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्की सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि असार १४ गते विश्वासको मत पाउन नसकेपछि सरकारबाट हटेका थिए । त्यसपछि बनेको दुई ओटा सरकारका मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसकेपछि फेरि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्न लागेको हुन् ।

कोशी प्रदेश सभामा एमालेका ४० सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ जना सांसद नहुँदा कोशी प्रदेशमा गठबन्धन बनाएरै सरकारलाई स्थायित्व दिनुपर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया