Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वाल अर्थात् विश्व प्रसिद्ध प्राचीन विशाल पर्खालको एउटा भागमा ठूलो क्षति पुगेको छ ।

एक निर्माण परियोजनासम्म पुग्ने छोटो बाटो बनाउने क्रममा उनीहरूले ग्रेट वाल मा भ्वाङ बनाएका थिए । सम्पदा क्षेत्रमा क्षति पुर्‍याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रेट वालमा क्षति पुगेको क्षेत्रमा एक जना ३८ वर्षका पुरुष र ५५ वर्षकी महिला काम गरिरहेका थिए ।

उनीहरूले ग्रेट वालमा यसअघि नै भत्केर बनेको भ्वाङलाई एक्स्काभेटर प्रयोग गरेर अझै चौडा बनाएका थिए । प्रहरीका अनुसार उनीहरूले ओहोरदोहोर गर्न घुमाउरो बाटो प्रयोग गर्नुको साटो ‘ग्रेट वाल’ को भ्वाङ चौडा बनाउने जुक्ति लगाएका थिए । त्यसबाट मिङ शासनकालमा बनेको ऐतिहासिक र सांस्कृतिक सम्पदामा अपूरणीय क्षति पुगेको प्रहरीले जनाएको छ ।

संरक्षित क्षेत्रमै भ्वाङ
योयु काउन्टीमा रहेको ‘ग्रेट वाल’ को उक्त खण्ड ऐतिहासिक र सांस्कृतिक महत्त्वको मानिन्छ । यो प्रान्तीय स्तरमा संरक्षित क्षेत्र पनि हो । अधिकारीहरूले अगस्ट २४ मा उक्त क्षतिबारे सूचना पाएका थिए ।

सन् १९८७ यता निरन्तर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको ग्रेट वाल इसापूर्व २२० देखि निरन्तर बन्दै सन् १६०० को मिङ वंशको शासनकालसम्म निर्माण भएको थियो । त्यस बेला यसलाई विश्वकै सबैभन्दा ठूलो सैन्य संरचना मानिएको थियो । सबैभन्दा राम्रोसँग संरक्षण गरिएका भागहरू १४औँ र १७औँ शताब्दीको बीचमा मिङ शासकहरूले बनाएका थिए । अहिले ठूलो भ्वाङ बनाइएको ठाउँ त्यही संरक्षित क्षेत्रमा पर्छ ।ग्रेट वालको ३० प्रतिशत क्षेत्र हरायो
धेरैलाई थाहा भएको ‘ग्रेट वाल’ को क्षेत्रमा सुन्दर संरचनाहरू र पहराका लागि बनाइएका अग्ला भागहरू छन् । तर अन्य भागहरू भने भत्कँदै गएको विभिन्न विवरणहरूमा उल्लेख छ । बेइजिङ टाइम्स पत्रिकाले सन् २०१६ मा प्रकाशित गरेको एउटा विवरण अनुसार मिङ शासनकालमा बनेको ‘ग्रेट वाल’ को ३० प्रतिशत क्षेत्र अहिले हराइसकेको छ भने आठ प्रतिशत क्षेत्रको मात्रै राम्रो संरक्षण भएको छ ।

ग्रेट वालका कतिपय खण्डहरू त्यहाँ ऐतिहासिक पर्खाल भएको पत्ता लगाउन पनि मुस्किल पर्ने गरी हराउँदै गएका छन् । उनका अनुसार हजारौँ वर्ष पहिले बनाइएको ठानिएको ग्रेट वालको सबैभन्दा पहिले बनेको क्षेत्र अहिले ढिस्कोजस्तो मात्रै छ । ग्रेट वालको क्षयीकरण हुनुमा प्रमुख दोष स्थानीय किसानहरूलाई दिइने गरिएको छ । उनीहरूमाथि घर र जनावरका लागि गोठ बनाउन त्यहाँका ढुङ्गा र इँटा चोरेको आरोप छ ।

चीनका सर्वसाधारहरूका लागि ग्रेट वालको ऐतिहासिक संरचना विनाश हुने गरी भएका पछिल्ला गतिविधि नौला त होइनन् तर उनीहरू यसबारे चिन्तित छन् । यूनेस्को विश्व सम्पदा सूचीमा पर्ने २० हजार किलोमिटर लामो ग्रेट वालको निर्माण कार्य आजभन्दा दुई हजार वर्षअघि सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया