Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – झण्डै ३ वर्ष लामो रस्साकस्सी पछि गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्यूजिक प्रा.लि बीचको विवादमा गायक खरेलले मुद्दा जितेका छन् । गायक खरेलले प्रतिलिपी अधिकार सम्बन्धी काठमाडौं जिल्ला अदालतमा दायर गरेको रिट बिहीबार न्यायाधीश उत्तम सिलवालको एकल इजलासले सुुनवाइ गर्दै खरेलको पक्षमा फैसला सुनाएको हो । गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो।

खरेलको २०६७ सालमा सार्वजनिक प्रणय बोलको गीतमा प्रतिलिपीको विवाद चर्किएको थियो । ५ वर्षका लागि उक्त कम्पनीलाई प्रतिलिपीको अधिकार दिएका खरेलले सम्झौताको अवधि सकिएपछि उक्त कम्पनीसँग आफ्नो एल्बमको सर्वाधिकार माग गरेका थिए । तर आफ्नो एल्बमको सर्वाधिकार दिनुको साटो रेग्मी दम्पत्तिले उल्टै गालीग्लोज गरेपछि खरेल अदालतमा पुगेका थिए ।

अदालतले उक्त मुद्दा बिहीबार सुनुवाइ गरेको हो । अदालतले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो। प्रतिलिपी अधिकारको मुद्दामा ३ वर्ष भन्दा बढि सजाय हुनेहुँदा अर्को पेशीबाट रेग्मीद्धयको सजाय निर्धारण हुने अदालतले जनाएको छ ।

खरेल र रेग्मीबीचको विवाद चर्किदै जाँदा कलाकारहरु पनि विभाजित बन्न पुगेका थिए । एकाधबाहेकका सम्पूर्ण कलाकारहरु खरेलका पक्षमा बोलेपछि रेग्मीले भने आफ्नो सामाजिक सञ्जालमार्फत तथानाम लेख्ने गरेका थिए । कलाकारहरु विभाजित बनेपछि रेग्मी भने कलाकारप्रतिको आफ्नो आक्रो सामाजिक सञ्जालमार्फत पोख्दै आइरहेका थिए । एक पटक उनले भजन शिरोमणि भक्तराज आचार्यलाई ‘त्यो भक्ते’ र स्वर सम्राट नारायण गोपाललाई ‘नारने’ सम्बोधनले स्ट्याटस लेखेपछि आलोचनाको केन्द्रमा आएका थिए ।

 

तपाईको प्रतिक्रिया