Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले निजामती सेवा दिवसका अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । ०६१ सालदेखि मनाउन थालिएको यो दिवसको अवसरमा सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी तथा निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ ।

यस वर्ष पनि सरकारले ८० हजार कर्मचारीको भीडमा एउटै सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन । यस्तै उत्कृष्ट १० र निजामती पुरस्कारबाट सम्मानित गरिने ३० जना गरी ४० जना कर्मचारीको नाम सार्वजनिक भएको छ ।

२० औँ निजामती सेवा दिवसका अवसरमा पुरस्कृत हुने ४० कर्मचारीको नामावली सार्वजनिक भएको छ । जस अनुसार, उत्कृष्ट निजामती सेवा पुरस्कार सहसचिव थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, सामान्य प्रशासनका उपसचिव कवीन्द्र नेपाल, उपसचिव मान बहादुर खड्का, उपसचिव (कानुन) रामप्रसाद लम्साल, तथ्याङ्कका निर्देशक ढुण्डिराज लामिछाने, मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामाले पाउने भएका छन् ।

निजामती सेवा पुरस्कार पाउनेमा डा. रोशनी लक्ष्मी तुइतुई, कुमार प्रसाद घिमिरे, सुजन जोजिजु, शुकदेव लम्साल, रेविका अमात्य, राजेश कुमार के।सी।, होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा. डमरुबल्लभ पौडेल, नारायण प्रसाद ज्ञवाली र चुडाराज सापकोटा रहेका छन् । त्यस्तै शोभा गिरी, नरबहादुर नेगी, मिना पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थी, नवराज तामाङ व्लोन, युक्त प्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाई, ठाकुर प्रसाद भट्टराई र मनोज कुमार महतो रहेका छन् ।

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, राम प्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिर रहेका छन् ।

तपाईको प्रतिक्रिया