Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सेवा सार्वजनिक गरेको छ । जापानमा रहँदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदान-प्रदानका लागि सहजता होस भन्ने उद्देश्यले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।

भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाइ र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । उनका अनुसार +८१-0८०-६३५२-८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्नका लागि आग्रह गरेका छन् ।

एनआरएनए जापानलाई जापानवासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउँदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन् ।

एनआरएनएलाई सबै नेपालीले ‘हाम्रो र राम्रो’ भन्ने महसुस गर्न सकुन् भन्ने उद्देश्यले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको महासचिव खरेलले बताए । ‘आफ्नो देश छाडेर विदेशी भूमिमा रगत पसिना बगाइरहेकाहरूलाई सानो भन्दा सानो अप्ठ्यारोमा पनि सहयोग गर्न सकियो भने उनीहरूलाई परिवारकै साथमा रहेको जस्तो अनुभूति गराउन यो सेवा प्रभावकारी हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया