Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् ।

कोशी सरकारले लिएको विश्वासको मतको विरुद्ध परेको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभा सञ्चालन गरिरहेका सांसद इस्राइल मन्सुरीले पनि विश्वासको मत सर्वोच्चले बदर गरेको हो ।

साथै सर्वोच्चको पूर्ण इजलासले ४८ घण्टाभित्र ठुलो दलको नेतालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।

साथै सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ । कोसीमा एमाले सबैभन्दा ठूलो दल रहेको छ भने दलको नेता हिक्मत कार्की रहेका छन् ।

यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद् चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । यस मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

साथै सर्वोच्चले यस मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन आदेश दिएपछि पूर्ण इजलासमा यसको सुनवाइ भएको हो । यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चको पूर्ण इजलासले सभामुखलाई सो अधिकार नहुनेभन्दै मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरेको थियो ।

तपाईको प्रतिक्रिया