बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

समाचार सुन्नुहोस् :

काठमाडौँ – मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो । मादक पदार्थ खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियन प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा दुई युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो। झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा रक्सीले मातेको अवस्थामा दुई युवाले चार मुक्का हानेर सिसा फोडेको देखिएको खबरमा उल्लेख छ ।

पक्राउ परेकाहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन । उनीहरू दुवै जना त्यही क्षेत्रको एक मलको पसलमा सहायक कामदारको रूपमा काम गर्ने रहेको पाइएको छ । तर उनीहरूले त्यसअघि मलेसियामा कुनै पनि आपराधिक क्रियाकलाप भने नगरेको पाइएको छ । अहिले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कानुनको उल्लङ्घन गर्ने जो कोही पनि कारबाहीबाट नबच्ने मलेसियन प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया