Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।

रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उहाँको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस काठमाण्डाै क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया