Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका पाल्पालीहरुको संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशन आउँदो अक्टुबर ८ तारिखका दिन टोकियोमा हुने भएको छ ।

टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा हुने सो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले समुद्रपारिलाई बताए ।

संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय सहयोगका कार्यहरु गर्ने उद्देश्यले पाल्पा समाज जापानको २०१६ मा स्थापना भएको हो । समाजले हालसम्म थुप्रै मानवीय सहयोग लगायतका अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको छ ।

ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार-प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।

अधिवेशनमा उत्साहजनक सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई अपिल गरेको छ । ***

तपाईको प्रतिक्रिया