Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले जनाएका छन् ।

अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला रुसको यो हमला भएको थियो । कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको एसोसिएटेड प्रेस संवाददाताहरूले बताएका छन् ।

त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए । रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।

 

तपाईको प्रतिक्रिया