Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । बुधवार नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र विस्फोट र विद्रोह हुने दाबी गरेका हुन् ।

एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उनले बताए । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ । एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए ।

उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्न सक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ।  देशव्यापी रूपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । र एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ ।’

उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने बताए। उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्त र दृष्टिकोण नभएको बताए। एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया