Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ । बालाजु बस्ने नुवाकोटको विदुर नगरपालिका–७ का श्यामबाबु सापकोटाले यादवमाथि बुधबार रिपोर्टस क्लबको कार्यक्रम सकिएपछि खुकुरी प्रहार गरेका थिए ।

प्रहरीले सापकोटालाई पक्राउ गरी सिंहदरबार वृत्तमा ल्याएको छ । उनले रिस उठेपछि खुकुरी हानेको प्रहरीलाई बताएका छन् । सापकोटा पत्रकारकै भेषमा कार्यक्रममा पुगेको र साथमा खुकुरी लिएर गएको खुलेको छ । आफूलाई राजावादी बताउने सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरूसँगै बसेका थिए ।

यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । करिब सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

सापकोटाको प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘सापकोटा भित्र पत्रकारहरूसँगै बसेका रहेछन्, यादव बोलिसकेर बाहिरिने क्रममा पिछा गर्दै गएर खुकुरी प्रहार गरेको देखिन्छ’, काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले भने ।

तपाईको प्रतिक्रिया