Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कार्यक्रमबाट निस्कने क्रममा नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले पछाडिबाट आक्रमण गरेका हुन् ।

खुकुरी प्रहार भएपछि यादवलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनीमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटा आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने गरेका छन् ।

सहमहामन्त्री यादवमाथि के कारणले आक्रमण भयो त्यो खुल्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया